काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. गुणाकर भट्टलाई अघि सारेको काँग्रेसले गभर्नरका लागि थप दुईजनाको नाम प्रस्ताव गरेको छ । काँग्रेसले गभर्नरका लागि यसअघि चर्चा चलेको भन्दा नयाँ दुई नाम अघि सारेको हो । देउवा निकट स्रोतका अनुसार काँग्रेसले गभर्नरका लागि हाल विश्व पौडेल र पिताम्बर भण्डारीको नाम प्रस्ताव गरेको छ ।
यसअघि राष्ट्र बैंकको गभर्नरका लागि पार्टी सभापति शेर बहादुर देउवाले सिफारिस गरेका राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नहुने अवस्था देखेपछि काँग्रेसका लागि गभर्नरका लागि नयाँ नाम प्रस्ताव गरेको हो ।
गभर्नरका लागि प्रस्ताव गरिएका पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनी राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य समेत हुन् । काँग्रेसले प्रस्ताव गरेका भण्डारी भने राष्ट्र बैंककै रिटायर्ड कार्यकारी निर्देशक हुन् । उनी एक महिना अघि मात्रै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड भएका हुन् ।
यसो त काँग्रेसले गभर्नरमा डा. गुणाकर भट्टको नाम सुरुमै प्रस्ताव गरेको थियो । तर, उनको राजिनामा राष्ट्र बैंकबाट स्वीकृत हुने अवस्था देखिएको छैन । त्यसपछि काँग्रेसले सिफारिस गरेका ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने प्रधानमन्त्री ओली सहमत नभएपछि काँग्रेसले नयाँ पात्रका रुपमा पौडेल र भण्डारीको नाम सिफारिस गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार काँग्रेसले प्रस्ताव गरेका पछिल्ला यी दुई जनामध्ये एक जनालाई राष्ट्र बैंकको गभर्नर बनाउने गरी तयारी अघि बढाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्