Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गत चैत १५ गते राजावादीको आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । उनलाई अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । योसँगै प्रसाईंको हिरासत बसाईं थप लम्बिएको छ । 

उनीविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK