काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नभएको दाबी गरेको छ । सोमबार बिहान बसेको काँग्रेसको पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको हो ।
पदाधिकारी बैठकपछि बैठकले गरेका निर्णय र छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भन्ने बैठकले निष्कर्ष निकालेको बताएका छन् ।
महतका अनुसार बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे प्रश्न उठेको थियो । ती प्रश्नहरुको जवाफमा गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको ब्रिफिङ गरेका थिए । गृहमन्त्रीको ब्रिफिङकै आधारमा पार्टी भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भन्नेमा विश्वस्त बनेको महतको भनाई छ ।
‘सञ्चार माध्यममा, सामाजिक सञ्जालमा, जताततै चर्चा चलेपछि गृहमन्त्रीले बैठकमा भिजिट भिसा प्रकरणबारे आफ्नो धारणा राख्नुभएको थियो । उहाँले उक्त प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको कुरा सविस्तार राख्नुभयो ।’, डा. महतले भने, ‘हामीले उहाँको कुरालाई पूर्ण रुपमा विश्वास गर्यौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता छैन । तर, जो संलग्न छ, उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’
यसो त भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे प्रश्न उठेपछि न कुनै निकायले छानबिन गरेको छ, न अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । तर, अनुसन्धान गर्ने निकायले अनुसन्धान नै नगरी काँग्रेसले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नभएको ठहर गरिदिएको छ । यसले गृहमन्त्री लेखकसँगै पार्टीका अन्य पदाधिकारीमाथि पनि प्रश्नचिन्ह खडा गरेको छ । अर्कोतर्फ चौतर्फी आलोचना र भिजिट भिसा प्रकरणमा संलग्नताको चर्चा चलिरहँदा अनुसन्धानमा सघाउन गृहमन्त्रीमाथि पदबाट राजिनामा दिन दबाब दिइएको छ । माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजिनमा मागेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्