काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने भएको छ । मंगलबार अदालतले पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको हो । योसँगै उनलाई राष्ट्र बैंकको गभर्नर बन्न बाटो खुला भएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चले जनाएको छ ।
अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएको थियो।
यसअघि दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताद्वयले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।
यता, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको छ । उनलाई आजै गभर्नर नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्