काठमाडौँ । पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो । पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ । सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ ।
शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीक झैँ देखिन्छ । पुरातात्त्विक सम्पदा, सौन्दर्य र शान्त वातावरणले पर्यटक र भक्तजनलाई समान रूपमा मोहित पार्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः