Skip to content
LAXMI SUNRISE BANK

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, को बन्ला त राष्ट्र बैंकको गभर्नर ?

अर्थ सरोकार

काठमाडौँ । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको हो  ।

सिफारिस भएका नाममध्येबाट एक जनालाई आजै गभर्नर नियुक्त गर्ने तयारी रहेको छ ।

मंगलबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भईसकेको छ । त्यसकारण, पौडेल गभर्नरमा नियुक्त हुने सम्भावना बढी देखिएको छ ।

यता, सर्वोच्च अदालतले पनि पौडेलविरुद्दको रिट दर्ता नगर्ने भएसँगै उनी गभर्नर बन्ने चर्चा चुलिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK