काठमाडौँ । माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा मागेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले गृहमन्त्रीको राजिनामा मागेका हुन् ।
पुनले भिजिट भिसाका नाममा भएको भ्रष्टाचार समान्य भ्रष्टाचारको घटना नभएर वैदेशिक रोजगारीका लागि विदेश जान खोज्ने युवाहरु माथि गरिएको लुट र मानव तस्करी भएको बताएका छन् ।
यस्तो जघन्य अपराधमा नाम मुछिएर पनि गृहमन्त्रीले पदबाट राजिनामा नदिनु दुःखद भएको भन्दै पुनले गृहमन्त्रीलाई पदबाट राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न पनि सुझाव दिएका छन् । होइन भने, संसद्को कारवाही अघि बढ्न नदिने पुनले चेतावनी दिएका छन् ।
‘स्वयम गृहमन्त्रीज्युले नै सरुवा गर्नुभएको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय यसमा जोडिएको छ । अख्तियारले अपरेशन सुरु गरेको छ । उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ । ठुलो माछा को हो ?’, उनले भने, ‘अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौँ । यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ ।’
अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर उनीहरुका विद्युतीय उपकरणहरु अनुसन्धानका लागि पठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्