Skip to content
LAXMI SUNRISE BANK

भिजिट भिसा प्रकरणः राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजिनामा 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेको छ । मंगलबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले गृहमन्त्रीको राजिनामा माग्ने निर्णय गरेको हो । 

दलको बैठकको निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नैतिकताका आधारमा गृहमन्त्रीको राजिनामा माग्ने निर्णय भएको जानकारी दिएका छन् । 

‘नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय भएको छ ।’, उनले भने, ‘प्रधानमन्त्रीज्युले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरु मिलेर हुने प्रदर्शनमा हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्रीसँग पनि सो बारेमा जवाफ माग्ने निर्णय भएको छ ।’  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि हाल प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले गृहमन्त्रीको राजिनामा मागेका छन् । उनीहरुले गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद्को कारवाही अघि बढ्न नदिने चेतावनी समेत दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK