काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा आफूले किन राजिनामा दिने ? भन्दै प्रश्न गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रश्न गरेका हुन् ।
उनले राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेको कर्मचारीले गल्ती गर्दा वा उ माथि प्रश्न उठ्दा मन्त्रीले राजिनामा दिनु ठिक नभएको समेत गृहमन्त्री लेखकले दाबी गरेका छन् ।
उनले यसरी कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजिनामा दिने प्रवृत्ति बसाल्ने हो भने राजिनामा दिनुपर्ने मन्त्रीको कमी हुने बताएका छन् । यसर्थ पनि आफूमाथि राजिनामा दिन दिइएको दबाब ठिक नभएको भन्दै गृहमन्त्रीले राजिनामा नदिने बताएका छन् ।
अर्कोतर्फ उनले भिजिट भिसा प्रकरणमा आफूमाथि नियोजित रुपमा षड्यन्त्र गरिएको भन्दै मन्त्री लेखकले गृहमन्त्रालयमा सरुवा गरिएका तीर्थराज भट्टराई आफूले सरुवा नगरेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्