×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर बन्न अयोग्य रहेको दाबीसहित विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नर बन्न अयोग्य रहेको दाबीसहित विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट !

Artha Sarokar

३० बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गभर्नरका लागि नेपाली काँग्रेसले प्रस्ताव गरेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट निवेदश पेश गरेका हुन् । 

पौडेललाई गभर्नर बनाउन लागिएको चर्चासँगै उनी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य भएको दाबी गर्दै पौडेलविरुद्ध रिट निवेदन पेश गरिएको हो । 

रिट निवेदनमा पौडेल राजनीतिक दलको सदस्य भएको र राष्ट्र बैंक ऐन, २०५८ अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर बन्न नपाउने भन्दै उनीविरुद्ध अधिवक्ताद्वयले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश गरेका हुन् । 

गभर्नरका मुख्य दाबेदारसमेत रहेका डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नभएपछि र नहुने देखेपछि काँग्रेसले गभर्नरका लागि पौडेलको नाम अघि सारेको थियो । स्रोतका अनुसार पौडेललाई गभर्नर नियुक्ति गर्ने विषयमा एमाले र नेपाली काँग्रेसबीच सहमति जुटिसकेको थियो । तर, गभर्नर बन्न पौडेल अयोग्य भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ । 

पौडेल २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका व्यक्ति हुन् । उनी चितवन-१ मा हरि ढकालसँग पराजित भएका थिए । गभर्नर बन्ने चर्चाकाबीच राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेलले गभर्नर सिफारिस समितिमा सदस्यबाट राजिनामा दिइसकेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी