Skip to content
LAXMI SUNRISE BANK

इसेवामा फेरि समस्या, कर्मचारी नै भन्छन्, ‘आइएमई खल्तीलाई चिट्ठा पर्ने भो’

अर्थ सरोकार

काठमाडौँ । डिजिटल वालेट इसेवामा फेरि समस्या देखिएको छ । इसेवामा कुनै पनि ‘बग’ र समस्या अब नरहेको दाबी गरेको इसेवामा सोमबार फेरि समस्या देखिएको हो । 

सोमबार इसेवामा लगइन नहुने, रकम ट्रान्सफर नहुने, रकम नदेखाउने तथा एप्लिकेशन नै नखुल्ने जस्ता समस्या देखिएका छन् । यसरी इसेवा वालेटमा समस्या देखिएपछि इसेवा प्रयोगकर्ता मर्कामा परेका छन् । 

यसो त इसेवामा समस्या देखिएको यो पहिलोपटक भने होइन । यसअघि पनि थुप्रै पटक इसेवामा समस्या देखिएको थियो । अझ यतिसम्म कि इसेवाबाट ह्याकरले सहजै खाता ह्याक गरेर करोडौँ रकम चोरी गरेका घटनासमेत सार्वजनिक भएको थियो । 

तर, हरेक पटक प्राविधिक समस्या भन्दै चोखिँदै आएको इसेवा दिनप्रतिदिन झन्झन् बिग्रिन थालेपछी इसेवाका प्रयोगकर्ता थप मर्कामा परेका छन् । इसेवामा देखिँदै आएका समस्याका कारण इसेवासँग प्रतिष्पर्धा गरिरहेका अन्य वालेटलाई सहज भएको स्वयम् इसेवाकै कर्मचारीले बताएका छन् । ‘समस्या आएको हो । तर केही समस्या समाधान भइसक्यो केही गर्दैछौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै इसेवाका एक कर्मचारीले भने, ‘इसेवा बिग्रिरहने समस्याले आइएमई खल्तीलाई चिठ्ठा पर्ने भयो ।’ 

आइएमई पे र खल्तीबीचको मर्जरपछि बनेको आइएमई खल्ती लिमिटेडले एकीकृत कारोबार सुरु गर्दैछन् । यहीबेला इसेवामा देखिइरहेको समस्याबाट दिक्क भएका प्रयोगकर्ताहरु इसेवाबाट आइएमई खल्तीमा सिफ्ट भइरहेको पाइएको छ । पछिल्लो समय इसेवा प्रयोगकर्ताको संख्या घट्दै गइरहेको स्वयम् इसेवाकै कर्मचारीहरुले स्वीकारेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK