×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १५ः देशभर डेढ अर्बको दहीको व्यापार हुने अनुमान 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असार १५ः देशभर डेढ अर्बको दहीको व्यापार हुने अनुमान 

Artha Sarokar

१५ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान रहेको जानकारी दिएका छन् । आज (असार १५) मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन् । 

‘हरेक वर्षजस्तै यो वर्ष पनि असार १५ को उपलक्ष्यमा दही चिउराको प्रबर्द्धन र खपत बढाउने अभियानमा एसोसिएसन जोडिएको छ । असार १५ लाई मानो रोपेर मुरी फलाउने, धान दिवसको रुपमा मनाउने र दही चिउरा खाने दिनको रुपमा पनि मनाउने गरिएको छ ।’, उनले भने, ‘असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।’ 

त्यस्तै, उनले दही चिउरा खानु नेपालीहरुको संस्कृति भएको र यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएको दाहालले बताएका छन् ।

असार १५ नेपालको संस्कृतिसँग जोडिएको पर्व भएको भन्दै विशेष गरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा नै बनेको पनि उनले बताए । ‘असार १५ मनाउँदा दही चिउराको खपत बढ्ने छ भने हाम्रो संस्कृतिको जगेर्नामा पनि टेवा पुग्ने उनको विश्वास छ ।’, उनले भने ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी