काठमाडौँ । सांसद अमर बहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । एकीकृत समाजवादीका सांसद समेत रहेका थापाले बिहीबार प्रतिनिधि सभाको बैठकमा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।
उनले भौतिक मन्त्रालयको बजेट उल्टो बाटो हिँडिरहेको र आफूले पटकपटक संसद्मा ध्यानाकर्षण गराउँदा पनि दैलेखसहित विभिन्न जिल्लाका जनतालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट नेतामुखी र मन्त्रीमुखी भएको सांसद थापाले आरोप लगाएका छन् । जनताबाट उठाइएको राजस्वले नै जनताप्रति उत्तरदायित्व नलिएको र एकाधिकार कायम गरिएकाले आफूलाई बजेट पुस्तिका नै मन नपरेको ले पुस्तिका च्यातेका बताएका छन् ।
उनले संसद्मा सभामुखले दिएको समयमा आफ्ना कुरा राख्दै संसद्मै बजेट पुस्तिका च्यातेको उद्घोषसहित भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातिदिएका छन् ।