Skip to content
LAXMI SUNRISE BANK

१० वर्षअघि डिभी परेर अमेरिका गएका नै देश निकालामा, अन्ततः रित्तो हात फर्किए नेपाल 

अर्थ सरोकार

काठमाडौँ । १० वर्षअघि डाइभर्सिटी भिसा (डिभी) परेर अमेरिका गएका व्यक्ति देश निकालामा परेका छन् । देश निकालामा परेर आइतबार राती नेपाल फर्काइएका ३७ जनामध्ये एकजना डिभी परेर अमेरिका गएको खुलेको हो । 

स्रोतका अनुसार १० वर्षअघि अमेरिका पुगेका उनी अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । 

स्थायी घर काठमाडौँ भएका ती व्यक्ति अमेरिकामा भने आफन्तसँग बस्दै आएका थिए । सोहीबीच उनको परिवारमा विवाद परेको थियो । त्यहीबेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

उनीमाथिको अनुसन्धानपछि कानूनी प्रक्रिया पूरा गरेर उनलाई अमरिकी प्रशासनले देश निकाला गरेको अध्यागमन कार्यालयले जनाएको छ । उनीसहित ३७ जना नेपालीलाई चार्टड विमानमार्फत काठमाडौँ ल्याइएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK