×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन व्यवसायीको अडान- ‘विलासिता कर खारेज नभएसम्म पसल खोल्दैनौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुन व्यवसायीको अडान- ‘विलासिता कर खारेज नभएसम्म पसल खोल्दैनौँ’

Artha Sarokar

१६ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत भ्याट खारेज नभएसम्म सुन व्यवसायीहरुले पसल नखोल्ने भएका छन् । विलासिता करविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै सुन व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

सुन व्यवसायीहरुले सुन विलासिताको वस्तु नभएको भन्दै सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग गरेका छन् ।

यसो त सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै जेठ १५ गते सुनमा २ प्रतिशत विलासिता कर र हिरामा भ्याट लगाउने घोषणा गरेको थियो । सोही दिनदेखि सुन व्यवसायी आन्दोलनरत छन् । यसअघि सुन व्यवसायीहरुले सामान्य प्रदर्शन गर्दै आएका थिए । तर, अब भने व्यवसायीहरुले देशभरका सुनचाँदी पसल बन्द गरेर आन्दोलन गर्ने भएका छन् ।

उनीहरुले जबसम्म सरकारले सुनमा विलासिता कर र हिरामा भ्याट खारेज गर्दैन तबसम्म पसल नखोल्ने अडान लिएका छन् । उनीहरुले राणा शासनमा समेत सुनचाँदीमा विलासिता कर नलगाइएको भन्दै अहिले यस्तो कर लगाउनु उपभोक्ताको सम्पत्तिमाथि गिद्धे नजर लगाउनु भएको बताएका छन् ।

हाल देशभर सुनचाँदी पसलहरु बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएपछि सुनचाँदी कारोबार ठप्पप्राय छ । यसअघि करका विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भए पनि अर्थमन्त्री र व्यवसायीबीच सहमति जुट्न नसकेको व्यवसायीहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी