Skip to content
LAXMI SUNRISE BANK

मेनपावर कम्पनी नवीकरण गर्दा ‘गुगल लोकेसन’ अनिवार्य, कर्मचारीको विवरण समेत बुझाउनुपर्ने ! 

अर्थ सरोकार

काठमाडौँ । मेनपावर कम्पनी नवीकरण गर्दा अब गुगल लोकेसन अनिवार्य राख्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरुको नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य गरेको हो । 

सोमबार एक सूचना जारी गर्दै विभागले वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून अनुसार सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरेको हो । 

योसँगै अब नवीकरण गर्दा मेनपावर कम्पनीहरुले गुगल प्लस कोड अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ भने उक्त लोकेसन कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नुपर्नेछ  । 

त्यस्तै, विभागले नवीकरण गर्दा गुगल लोकेसन सँगै कम्पनीको सञ्चालक र कम्पनीमा कार्यरत कर्मचारीहरुको विवरणसमेत अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा पठाउने र आफू मेनपावर कम्पनीको एजेन्ट भएको भन्दै ठगी गर्नेहरु बढेपछि वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK