काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ ३० गतेदेखि स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।
आयोजना प्रभावितका रुपमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४, ५ का स्थानिय बासिन्दा पर्दछन् ।
उक्त आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका आवेदन दिन सकिनेछ । आइपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्