काठमाडौँ । गृहमन्त्री रमेश लेखकले श्रममन्त्री भएर आफूले जति काम कसैले नगरेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले १८ वर्षअघि २०६२/६३ को जनआन्दोलनपछि आफू श्रममन्त्री हुँदा पहिलो पटक वैदेशिक रोजगार ऐन, २०६४ ल्याएको दाबी गरे ।
सोही बेलामा श्रम मन्त्रीको हैसियतले चार देशसँग श्रम सम्झौता गरेको भन्दै उनले श्रममन्त्री हुँदा आफूले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न पहल गरेको पनि दाबी गरेका छन् ।
त्यसयता १८ वर्षको समयमा थुप्रै व्यक्ति श्रममन्त्री बने पनि आफूले जति काम कसैले नगरेको लेखकले दाबी गरेका छन् ।
त्यस्तै, उनले हाल भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताको आरोप लगाएर राजिनामा माग्नु राजनीतिक प्रतिशोध भएको भन्दै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्