काठमाडौँ । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई १५ करोडको सीमा हटाउन सुझाव दिएका छन् । सेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघले राष्ट्र बैंकका गभर्नर पौडेललाई भेटेरै यस्तो सुझाव दिएका हुन् ।
भेटका क्रममा सेयर लगानीकर्ताहरुले सेयर बजारको पछिल्लो अवस्थाका बारेमा गभर्नरलाई ब्रिफिङ गरेका थिए । उनीहरुले आउँदो मौद्रिक नीतिमार्फत व्यक्तिगततर्फको १५ करोडको क्याप हटाउन गभर्नरसँग माग गरेका छन् ।
त्यस्तै, उनीहरुले गभर्नरसँग १५ करोडको क्यापसँगै लघुवित्त वित्तीय संस्थाहरुलाई १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था खुला अर्थनीति सिद्धान्त विपरीत भएकाले सो व्यवस्था परिवर्तन गर्न माग गरेका छन् ।
अर्कोतर्फ एनआरएनएको हकमा आवश्यक लगानीको वातावरण सृजना गर्नेगरी नीति ल्याउन पनि लगानीकर्ताहरुले गभर्नरलाई सुझाव दिएका छन् । लगानीकर्ताहरुको माग र सुझावलाई गभर्नर पौडेलले सकारात्मक रुपमा लिएको बताइएको छ । ‘हामीले गभर्नरज्युलाई पूँजी बजारको अवस्था र सुधारका विषयमा राम्रैसँग ब्रिफिङ गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै छलफलमा सहभागी एक लगानीकर्ताले भने, ‘उहाँ हाम्रा माग र सुझावप्रति सकारात्मक हुनुहुन्छ । माग पूरा हुन्छन् भन्नेमा ढुक्क छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्