काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ‘टेक एण्ड पे’ प्रावधान फिर्ताको माग गर्दै अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । आइतबार उनीहरुले अर्थ मन्त्रालयमै पुगेर अर्थमन्त्रीलाई भेटेका हुन् ।
अर्थमन्त्रीलाई भेट्दै उनीहरुले ‘टेक एण्ड पे’ प्रावधान आगामी आर्थिक वर्षको बजेटबाट हटाउन माग गरेका छन् ।
अर्थमन्त्रीसँगको भेटमा इप्पानका पदाधिकारीहरुले ‘टेक एण्ड पे’ का कारण जलविद्युत आयोजनामा बैंकले लगानी नगर्ने हुँदा कुनै प्रवर्द्धक पीपीएका लागि विद्युत प्राधिकरणमा नजाने ब्रिफिङ गरेका थिए । तर, भेटमा अर्थमन्त्री पौडेलले उक्त प्रावधानले उर्जा उत्पादनमा कुनै पनि असर वा अप्ठ्यारो नगर्ने बताएका छन् ।
बजेटबाट प्रावधान नै हटाउने माग राख्दै अर्थ मन्त्रालय पुगेका इप्पानका पदाधिकारीहरु अर्थमन्त्री त्यस्तो जवाफपछि दुखी हुँदै फर्किएका छन् । ‘टेक एण्ड पे’ का विषयमा अर्थमन्त्रीलाई बुझाउने भन्दै अर्थ मन्त्रालय पुगे पनि अर्थमन्त्री पौडेलले उल्टै पढाएर पठाएको इप्पानका एक पदाधिकारीले बताएका छन् । ‘टेक एण्ड पे का विषयमा अर्थमन्त्रीलाई बुझाएर सो प्रावधान बजेटबाट हटाउन माग गर्ने भन्दै गएका थियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तर अर्थमन्त्रीज्यूले उल्टै पढाएर पठाउनु भयो ।’
यता अर्थ मन्त्रालयबाट दुखी हुँदै फर्किएका इप्पानका पदाधिकारीले भने बजेटका विषयमा अरु कुनै आपत्ति नभए पनि ‘टेक एण्ड पे’ का कारण २०७५ सालदेखि पीपीए हुने आशामा पाइपलाइनमा बसेका प्रवर्द्धकहरू दुखी भएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्