×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः बैंकका तत्कालीन वित्त प्रमुख पक्राउ, अरु आरोपी खोज्दै सीआईबी ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः बैंकका तत्कालीन वित्त प्रमुख पक्राउ, अरु आरोपी खोज्दै सीआईबी ! 

Artha Sarokar

४ असार २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ठकुरीलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका ठकुरीलाई हाल बाँकेमा राखिएको छ । 

यसो त यसअघि सोही प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरिएको थियो । उनी भारतको लखनउमा अपार्टमेन्ट भाडामा लिएर बसेका थिए । रायलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । 

योसँगै कर्णाली डेभलपमेन्ट बैंकमा भएको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना प्रकरणमा दुईजना पक्राउ परेका छन् । हाल उनीहरुमाथि सीआईबीले थप अनुसन्धान गरिरहेको छ । घोटालामा अन्यको पनि संलग्नता देखिएको र उनीहरुको समेत खोजीकार्य भइरहेको सीआईबीका एक अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी