×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजावादी समूहले घोषणा गरेको काठमाडौँ बन्द फिर्ता, यातायात व्यवसायीको आन्दोलन जारी, गाडी नचल्ने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजावादी समूहले घोषणा गरेको काठमाडौँ बन्द फिर्ता, यातायात व्यवसायीको आन्दोलन जारी, गाडी नचल्ने ! 

Artha Sarokar

१९ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता लिइएको बताए ।

आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि समितिले बन्दको घोषणा गरेको थियो । यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा लगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

कमल थापालाई भेट्न काठमाडौँ प्रहरी परिसर पुगेका राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।

तर, पक्राउ परेका कुल आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जनालाई भने अबेर साँझ रिहा गरिएको थियो । आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी