×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय डेढ खर्ब बढी, सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफको ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

११ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय डेढ खर्ब बढी, सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफको ! 

Artha Sarokar

१६ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो ११ महिनामा जीवन बीमा कम्पनीहरुले डेढ खर्ब बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँको व्यवसाय गरेका हुन् ।

व्यवसायका हिसाबले सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलनको झन्डै एक चौथाई हिस्सा ओगटेको छ । 

त्यस्तै, व्यवसायका हिसाबले दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा कुल बीमा शुल्कको १२.१८ प्रतिशत हिस्सा ओगटेको छ । यस अवधिमा कम्पनीले १८ अर्ब ९० करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । 

व्यवसायका हिसाबले तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नयाँ व्यवसाय बनाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी