Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द, यात्रुहरु अलपत्र !

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द भएका छन् । मौसमको खराबीका कारण उडानहरु रद्द भएका हुन् ।

मौसमको खराबीका कारण भिजिबिलिटी कम भएपछि बिहानैदेखि उडानहरु ‘होल्ड’ गरिएका थिए । उडान ‘होल्ड’ हुँदा यात्रुहरु घण्टौँसम्म विमानस्थलमै पर्खनुपरेको थियो ।

तर, मौसम सुध्रिने छाँटकाँट नदेखिएपछि उडान नै रद्द गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीले बताएका छन् । बिहान ७ बजेदेखि विमानस्थलमा रोकिएका यात्रुहरु उडान नै रद्द भएपछि अलपत्र परेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK