×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फ्लोरमा सांसद्ले नारा लगाइरहे, ‘रोष्टम’मा गृहमन्त्री बोलिरहे…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फ्लोरमा सांसद्ले नारा लगाइरहे, ‘रोष्टम’मा गृहमन्त्री बोलिरहे…

Artha Sarokar

३० जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लामो समयदेखि निरन्तर विपक्षी दलहरुको अवरोधका कारण सञ्चालन हुन नसकेको प्रतिनिधि सभा बैठक शुक्रबार ढिला गरी सुरु भयो ।

संसद्को गतिरोध हटाउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र सत्तारुढ दलबीच सहमति भएपछि संसद् बैठक सुरु भयो । बैठक सुरु हुने बितिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका सांसद्हरुले उठेर संसद्मा नाराबाजी लगाइरहेका छन् ।

उनीहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै चर्को स्वरमा नाराबाजी गरेका छन् । तर, सांसद्हरुको नाराबाजीलाई बेवास्ता गर्दै सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन् ।

सभामुखले समय दिएसँगै गृहमन्त्री लेखक ‘रोष्टम’मा पुगेर चर्को चर्को स्वरमा भिजिट भिसामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिइरहेका छन् । उनले आफू गृहमन्त्री नहुँदा पनि भिजिट भिसामा थुप्रै नागरिक विदेश गइरहेको भन्दै यसपालि आफूलाई मात्रै आरोप लगाउनु राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् । उनले पटक पटक भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

उल्टै गृहमन्त्री लेखकले यसअघिका गृहमन्त्रीमाथि किन प्रश्न नउठाएको ? भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै, गृहमन्त्री लेखकले आफू श्रममन्त्री हुँदा चार वटा देशसँग श्रम सम्झौता आफैँले गरेको र पहिलो पटक वैदेशिक रोजगारलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन, २०६४ ल्याएको भन्दै श्रममन्त्री बनेका अरुले के गरे ? भन्दै प्रश्न उठाएका छन् । उनले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको र सबै आरोप तथ्यहीन भएको भन्दै आफ्नो अपमान गरिएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी