काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा प्रशस्त तेल र ग्यासको खानी भएको बताएका छन् । मिडिया इन्टरनेशनलको आयोजनामा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले नेपालसँग ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्न सक्ने तेल र ग्यासको खानी रहेको बताएका छन् ।
त्यस्तै, कार्यक्रममा अर्थमन्त्रीले देशबाट विदेश पलायन भइरहेको जनशक्तिलाई देशमै रोक्न सही राजनीतिक नेतृत्वको खाँचो भएको भन्दै हालको सरकारले सो खाँचो पूर्ति गर्नतर्फ ध्यान दिएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट पनि युवा जनशक्तिलाई स्वदेशमै रोक्न प्रेरित गर्ने खालको भएको बताएका छन् ।
त्यस्तै, प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गरिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्