×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ महिनामा निर्जीवन बीमा कम्पनीले गरे ३९ अर्ब बढी आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

११ महिनामा निर्जीवन बीमा कम्पनीले गरे ३९ अर्ब बढी आम्दानी

Artha Sarokar

१५ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्जीवन बीमा व्यवसायीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिना सम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका थिए । नेपाल बिमा प्राधिकरणले निकालेको तथ्यांक अनुसार कुल १४ ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ । 

आम्दानी धेरै गर्ने कम्पनी मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले जेठ महिना सम्म ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

सबैभन्दा कम आम्दानी गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ९७ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यस वर्ष लघु बीमा कम्पनीहरुको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ तथ्यांकले देखाएको छ । लघु बीमा कम्पनीहरुले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन् । गएको वर्षको यही अवधिको आम्दानी २३ करोड ९१ लाख रुपैयाँ थियो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी