काठमाडौँ । आज (असार १५ गते) २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदैछ । किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । हालसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो तथ्यांक असार १३ गते शुक्रबारसम्मको हो ।
धान नेपालको मुख्य खाद्यबाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।
सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ । यसका बाबजुद धानचामल आयातको तथ्यांक पनि डरलाग्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो
नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ । चालु आर्थिक वर्ष २०८१/८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।
काठमाडौँ उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भए पनि अव्यवस्थित सहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको कृषि जमिनमा अहिले घर तथा आवासीय क्षेत्र निर्माण हुँदै गएका छन् । उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ । खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ । काठमाडौँ उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइँसराइको प्रभावले खेती योग्य जमिन बाँझो भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्