काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा दर्ता गरेको दाबी गरेका छन् ।
शुक्रबार संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको आरोप लगाएका हुन् ।
उनले भने, ‘माधवजीको विषयमा माधवजी नै आश्चर्य छु भन्नुभएको छ । अदालतले न्याय गर्छ म छिटै सफाई पाएर फर्कन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । तर यसमा प्रधानमन्त्रीजीको राजनीति प्रतिशोधको गन्ध त आएको छ । र अख्तियारले पनि कतै न कतै गम्भिर प्रश्न जन्माएको छ ।’
त्यस्तै, प्रतिपक्ष दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराए ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्