काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मोदीले यस्तो प्रश्न गरेका हुन् ।
उनले बजेट विनियोजन विधेयकमाथि छलफल गर्दै अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।
शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरु अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको सांसद मोदीको आरोप छ । ‘अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ?’, उनले भने, ‘कर चाहिँ सबै जिल्लाबाट लिने तर बजेट चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपाटीले हामी कहाँ पुग्छौँ ?’
त्यस्तै, सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्म अनुरुप विकास गर्न नसकिने धारणा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्