×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिजन सुरु नहुँदै बजारमा पाकेको आँप छ्यापछ्याप्ती, पाकेका अधिकांश आँपमा ‘केमिकल’ प्रयोग ! (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिजन सुरु नहुँदै बजारमा पाकेको आँप छ्यापछ्याप्ती, पाकेका अधिकांश आँपमा ‘केमिकल’ प्रयोग ! (तस्विरहरु)

Artha Sarokar

२२ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिजन सुरु नहुँदै पाकेको आँप बजारमा बिक्री हुन थालेको छ । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । सिजनमा प्राकृतिक रुपमा पाकेको फलफूल मात्र खान स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । 

कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्व पनि नपाइने जानकारहरु बताउँछन् ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । तर, बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो । यही साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको थियो । काठमाडौँमा भने यसको प्रभावकारी अनुगमन भएको छैन । 

काठमाडौँ महानगरपालिकाले यसै साता कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको थियो । त्यसमा तरकारीसँगै लिचीको विषादी परीक्षण भएको थियो । लिचीमा भने विषादी पाइएको थिएन । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी