काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक दिनको संसद् बैठक भत्ता नलिने घोषणा गरेको छ । सोमबार पार्टीले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै असार १ गतेको संसद् बैठक भत्ता नलिने घोषणा गरेको हो ।
प्रतिनिधि सभाको असार १ गते (आइतबार) बसेको बैठक राप्रपाले बहिष्कास गरेको थियो । सोही दिनको बैठक भत्ता नलिने निर्णय गरिएको राप्रपाले जनाएको छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ । हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ ।’, पत्रमा भनिएको छ ।
राप्रपाले आइतबार बैठक सुरु हुने बितिकै संसद्मा अवरोध गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म संसद् चल्न नदिने राप्रपाले अडान लिएको छ । तर, विपक्षीको अवरोधलाई बेवास्ता गर्दै सभामुखले पेलेरै संसद् चलाएपछि राप्रपाले बैठक बहिष्कार गरेको थियो । सोही दिनको बैठक भत्ता पनि नलिने राप्रपाले घोषणा गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्