×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुसको हिसाब राख्न एयरपोर्टमा छुट्टै सफ्टवेयर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घुसको हिसाब राख्न एयरपोर्टमा छुट्टै सफ्टवेयर !

Artha Sarokar

२८ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भ्रष्टाचारीको अखडा बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा घुसको हिसाब राख्न छुट्टै सफ्टवेयर राखिएको पाइएको छ । विमानस्थलमा अध्यागमन जाँच पार गराएबापत असुली गरिने रकमको हिसाब राख्न र सो रकम बाँडफाँड गर्न कर्मचारीले छुट्टै सफ्टवेयर प्रयोग गर्ने गरेको पाइएको हो ।

यसो त भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराई पक्राउ पर्नु अघि नै अख्तियारले सफ्टवेयरबारे सूचना पाएको थियो । 

सो सूचना पाएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘कोभर्ट अपरेशन’ सुरु गरेको थियो । अख्तियारको सोही अपरेशनकैबीच विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराईको आकस्मिक सरुवा गरिएको थियो । पछि अख्तियारले उनलाई पक्राउ गरेको हो । 

तर, घुसको हिसाब राख्न प्रयोग गरिने सफ्टवेयरसहित समात्ने योजना असफल भएको अख्तियारका एक अधिकारीले बताएका छन् । तर, अध्यागमन कार्यालयका अन्य कर्मचारीसँगको सोधपुछ र अनुसन्धानबाट विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले घुसको हिसाब राख्न र रकम बाँडफाँड गर्न छुट्टै सफ्टवेयरको प्रयोग गर्ने गरेको खुलेको अख्तियार स्रोतले बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी