काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरुले भुइँमै बसेर नाराबाजी गरिरहेका छन् । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएदेखि नै उठेर नाराबाजी गरेका रास्वपाका सांसद्हरुले अहिले भने भुइँमा बसेर नारा लगाइरहेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजिनामा माग्दै भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राखेका छन् ।
रास्वपा र राप्रपाको अवरोधबीच सभामुखले बैठक अघि बढाएपछि राप्रपाले संसद् बहिष्कार गरेको छ भने रास्वपाले संसद्को वेल अगाडि बसेर नाराबाजी गरिरहेको छ ।
अर्कोतर्फ संसद्मा रास्वपाको नाराबाजी र आग्रह नसुनेका सभामुखले विपक्षीको मागलाई बेवास्ता गर्दै पेलेरै बैठक चलाइरहेका छन् । तर पनि नाराबाजी गर्न नरोकिएका रास्वपा सांसदको आवाज ‘लाइभ’ समेत दबाइएको आरोप छ । रास्वपाका एक सांसद्ले यसअघिसम्म संसद्मा मात्र दबाइएको आवाज अहिले वक्ताको आवाज ‘बुस्ट’ र आफूहरुको आवाज ‘नोइज रिडक्सन’ गरेर दबाइएको बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः