×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’- ज्ञानेन्द्र शाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’- ज्ञानेन्द्र शाही

Artha Sarokar

९ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन् ।

उनले सचिवहरुले मुलुकलाई गे्र लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको तर्क गरेको भन्दै झुठो कुरा नगर्न पनि सचेत गराएका छन् । 

समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै सांसद शाहीले यो विधेयकले ‘सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर’ भन्ने किसिमको देखिएको जिकिर गरेका छन् ।

त्यस्तै, प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी