काठमाडौँ । सरकारले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको राहत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले यस्तो बताएका छन् ।
मन्त्री शाहीका अनुसार वन्यजन्तुको आक्रमण मानवीय, पशुधन तथा कृषि बालीको क्षति भएमा सरकारले सो बापत राहत उपलब्ध गराउने भएको छ ।
यसका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री शाहीले बताएका छन् ।
त्यस्तै, मन्त्री शाहीले आगामी आर्थिक वर्षमा जङ्गली रातो बाँदर र बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको पनि जानकारी दिएका छन् । त्यसका साथै बाँदर नियन्त्रणका लागि सरकारले वैकल्पिक उपायबारे अध्ययन गर्ने पनि मन्त्री शाहीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्