Skip to content
LAXMI SUNRISE BANK

गभर्नर नै निजी बैंकका प्रमोटर सेयरधनी, सानिमा बैंकलाई ५ बर्षसम्म मनपरी गर्न छुट हो ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल निजी बैंकको प्रमोटर सेयरधनी रहेको खुलेको छ । गभर्नर डा. पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनी सानिमा बैंकको प्रमोटर सेयरधनी रहेको खुलेको हो ।

पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार सानिमा बैंकमा उनको २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक सेयर रहेको छ । अर्थात, सानिमा बैंकमा गभर्नर पौडेलको २ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिएको छ । 

यसो त नेपाल राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावलीको दफा १३० को उपदफा (३)मा बैंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान/श्रीमती र १८ वर्ष नपुगेका छोरा वा छोरीको नाममा राष्ट्र बैंकबाट इजाजतप्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको छ । 

यद्यपि उक्त विनियमावलीमा गभर्न, डेपुटी गभर्नर र सञ्चालक समिति सदस्यलाई कर्मचारी मान्ने गरिएको छैन । तर, नियामक निकायकै प्रमुखले नियमन गर्नुपर्ने संस्थाको सेयर किन्दा नियमनकारी कारबाहीमा स्वार्थ बाझिन सक्ने जानकारहरुले बताएका छन् । ‘अब नियमन गर्नुपर्ने गभर्नर ज्यू नै बैंकको सेयरधनी भएपछि नियमन स्वच्छ कसरी हुन्छ ?’, राष्ट्र बैंककै एक अधिकारीले भने, ‘गभर्नर ज्यू नै सेयरधनी भएपछि सानिमा बैंकलाई अर्को पाँच वर्ष नियामकले छुनै कुरै हुँदैन । हाइन र ?’

यतिसम्मकी सम्पत्ति विवरण सानिमा बैंकको संस्थापक सेयरधनी रहेको खुलेपछि हाल बजारमा अब सानिमा बैंकलाई जे गरे पनि छुट भन्दै टिप्पणी भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK