Skip to content
LAXMI SUNRISE BANK

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राख्न एमालेको प्रस्ताव 

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् । सोमबार अर्थ समितिमा भएको बाफियाबारेको छलफलमा बोल्दै उनले नोटमा राष्ट्र एकीकरण गर्नेको तस्विर राख्न प्रस्ताव गरेका हुन् । 

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताएका छन् । 

पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने थापाको भनाई छ । ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ ।’, उनले भने, ‘नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

त्यस्तै, उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताएका छन् । यसो गर्दा नोटको महत्व बढ्ने थापाको भनाई छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK