×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘युवालाई स्वदेशमै रोक्न सक्षम नेतृत्व चाहिन्छ’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘युवालाई स्वदेशमै रोक्न सक्षम नेतृत्व चाहिन्छ’- अर्थमन्त्री

Artha Sarokar

२९ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्न सही नतृत्व चाहिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले हाल नेपालबाट ठूलो जनशक्ति विदेश पलायन भइरहेको र सो क्रम रोक्न सही राजनीतिक नेतृत्व चाहिने बताएका हुन् ।

उनले हाल मान्छेले अन्तरिक्षमा सम्भावना खोजिरहेका बेला हामीले देशभित्रै सम्भावना किन नखोज्ने भन्दै प्रश्न समेत गरेका छन् । 

यही आवश्यकतालाई ध्यानमा राख्दै हाल सरकारले सही नेतृत्व, सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्ययोजनाको आवश्यकतालाई महत्वका साथ अघि सारेको अर्थमन्त्री पौडेलले बताएका छन् । 

त्यस्तै, उनले आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्न सक्छौँ ? कसरी सम्भावना देशभित्रै खोजी गर्न सक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको पनि दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी