काठमाडौँ । आइतबार विपक्षी दलहरुको नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि बढाए । ‘फ्लोर’ रास्वपा र राप्रपाका सांसद्हरुले गृहमन्त्रीको राजिनामा माग्दै नारा लगाइरहँदा सभामुखले बैठकमा सांसद्हरुलाई पालैपालो बोल्न समय दिए ।
त्यहीबीच सभामुख घिमिरेले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।
अर्थमन्त्री ‘रोष्टम’ जाँदैगर्दा रास्वपा सांसद्हरुले ‘रोष्टम’अघि पुगेर चर्को नारा लगाए । तर, सभामुखको अनुमतिपछि अर्थमन्त्री बोल्न थाले ।
अर्थमन्त्रीले संसद्मा प्रस्ताव पेश गरिरहँदा सभामुख घिमिरेले अर्थमन्त्रीलाई रोके र एकीकृत समाजवादीका सांसद् राजेन्द्रप्रसाद पाण्डेलाई बोल्ने समय दिए ।
सांसद् पाण्डेले संसद्मा बजेटजस्तो महत्वपूर्ण प्रस्ताव पेश गरिरहँदा र महत्वपूर्ण विषय सुनाइरहँदा एउटा प्रतिपक्षी दलले नाराबाजी गरिरहेकाले आफूहरुले अर्थमन्त्रीले बोलेको कुरा नसुनेको भन्दै बैठक स्थगित गर्न र सहमति गरेर पुनः बैठक सञ्चालन गर्न आग्रह गरे ।
‘नाराबाजी भइरहँदा मन्त्रीज्युले बोलेको कुरा हामीले सुनेनौँ । यसरी कसरी सभा चलाउने हो ? सभा चलाउने अहिलेको तरिका भएन ।’, उनले भने, ‘यो स्थगित गरे, सहमति गरे, एउटा टुंगो गरेर मात्र अगाडि बढाइयोस् ।’
तर, सांसद् पाण्डेले यति भन्ने बितिकै सभामुख देवराज घिमिरेले भने, ‘धन्यवाद, मन्त्रीज्यु अगाडि बढ्नुहोस् ।’ सभामुखको अनुमतिपछि अर्थमन्त्री पौडेल पुनः बोल्न सुरु गरे । तर, रास्वपाले भने संसद्मा गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै नाराबाजी गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्