काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताएका हुन् ।
सबै चिजको उपचार करमा नै थुपार्ने गरेको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको जिकिर सांसद श्रेष्ठले बताएका छन् । ‘हामी जे चिजको पनि उपचार करमा नै थुपारिदिन्छौँ ।’, उनले भने, ‘त्यसले दैनिक उपभोक्ताहरुलाई मार पर्छ ।
त्यस्तै, सांसद श्रेष्ठले सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको बताएका छन् । सुनको सम्बन्ध गृहिणीदेखि सांस्कृतिक र धार्मिक रुपमा पनि रहेको उनको भनाई छ । टाउको दुख्यो भनेर पेटको उपचार गरेको जस्तो विधेयक आएको भन्दै उनले अनौपचारिक रुपमा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरुरी रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्