Skip to content
LAXMI SUNRISE BANK

त्रिविपछि राष्ट्रिय परिचयपत्रको पनि सर्भर डाउन !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएको छ । सोमबार बिहानदेखि राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएको हो । 

सर्भर डाउन भएपछि राष्ट्रिय परिचय पत्र बनाउन नारायणहिटी पुगेका सेवाग्राहीहरु अलपत्र परेका छन् । नयाँ परिचय पत्र बनाउन पुगेकाहरुलाई गेट भित्र प्रवेश गर्न दिइएको छैन । 

प्रहरीले गेटमै सर्भर डाउन भएको जानकारी दिँदै प्रवेशमा रोक लगाइएको सेवाग्राहीहरुले बताएका छन् । यता कर्मचारीहरुले पनि सर्भरमा समस्या देखिएको बताएका छन् ।

तर, सर्भरमा देखिएको समस्या कतिबेला समाधान हुन्छ ? भन्ने टुंगो लागेको छैन । यद्यपि मर्मतको काम भइरहेको कर्मचारीहरुले बताएका छन् । यसअघि सोमबार बिहानैदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पनि सर्भर डाउन हुँदा अनलाइनमार्फत सेवा लिनेहरु समस्यामा परेका छन् । सर्भरमा आएको समस्याका कारण त्रिविको वेबसाइट नै डाउन भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK