Skip to content
LAXMI SUNRISE BANK

‘नयाँ स्टक एक्सचेञ्ज ल्याउनु हुन्न, नेप्सेको ५१ प्रतिशत निजी क्षेत्रलाई दिनुपर्छ’- वर्षमान पुन 

अर्थ सरोकार

काठमाडौँ । पूर्व अर्थमन्त्री वर्षमान पुनले घाटामा गएका कम्पनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न दिएकै कारण साना लगानीकर्ताको लगानी जोखिममा परेको बताएका छन् । 

अर्थ समितिको बिहीबारको बैठकमा बोल्दै उनले दीर्घकालीन असरलाई ध्यान नगरी विगतमा धितोपत्र बोर्डले घाटामा गएका कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न दिएको कारण अहिले साना लगानीकर्ताको लगानी जोखिममा रहेको बताएका हुन् । 

उनले बोर्डले अनुमति दिनु नै गल्ती भएको भन्दै बोर्डको त्यही गल्तीका कारण आज लगानीकर्तामाथि गम्भीर आघात पुगेको बताउका छन् । 

त्यस्तै, उनले बैठकमा नयाँ स्टक एक्सचेञ्जको विषयमा पनि आवाज उठाएका छन् । उनले हाल हतार गरेर नयाँ स्टक एक्सचेञ्ज ल्याउन नहुने बताएका छन् । बरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गर्दा ५१ प्रतिशत निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK