Skip to content
LAXMI SUNRISE BANK

‘आर्थिक संस्था कब्जा गरिए, धितोपत्र बोर्ड डुबाउने दिशातर्फ लगिँदैछ’- स्वर्णिम वाग्ले

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताएका छन् । बुधवार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

वाग्लेले राजनीतिक नेतृत्व पंगु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्था पनि कब्जा गरिएको आरोप लगाएका छन् । विचौलियाको चलखेल धेरै बढेको बताउँदै उनले यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् ।

‘जताततै कुशासन बढेको एफएटिएफदेखि लिएर ग्रेलिस्टहरुले नै देखाउँछ ।’, उनले भने, ‘आर्थिक क्षेत्र पहिले विचौलियाहरुबाट निरपेक्ष रुपमा जोगाइएको थियो । अब विचौलियाको राज भयो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरु कब्जा गर्ने जुन देखिरहेको छ । यसलाई कसरी रोक्ने त्यता राष्ट्र बैंकले ध्यान दिनुपर्यो ।’

त्यस्तै, सांसद वाग्लेले राष्ट्र बैंक, सेबोन (धितोपत्र बोर्ड) लगायतका आर्थिक संस्थाहरु डुबाउने दिशातर्फ लगिएको भन्दै यो दुखद भएको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK