Skip to content
LAXMI SUNRISE BANK

रसुवामा बाढीको वितण्डाः २ सय मेगावट बिजुली उत्पादन बन्द !

अर्थ सरोकार

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार गत राती आएको बाढीका कारण आयोजनामा क्षति हुँदा २ सय मेगावाट बिजुली उत्पादन पूर्ण रुपमा बन्द भएको हो । 

प्राधिकरणका अनुसार बाढीले रुसुवागढी जलविद्युत आयोजनामा बाँधको एउटा गेट बगाएको छ । १११ मेगावाट क्षमताको सोही आयोजनाको पुलमा पनि क्षति पुगेको बताइएको छ । आयोजनाको टेलरेसमा गेग्रान थुप्रिएको छ । 

अर्कोतर्फ ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ । तर, कति क्षति भयो ? भन्ने विवरण आएको छैन । यता त्रिशूली ३ बी सबस्टेसनमा समेत बाढी पसेपछि उत्पादन बन्द भएको छ । 

त्यस्तै, चिलिमेको पावरहाउसमा समेत बाढी पसेपछि उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । यसरी बाढीले विभिन्न आयोजनामा क्षति पुर्याएपछि कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK