Skip to content
LAXMI SUNRISE BANK

रसुवामा बाढीको वितण्डाः बाढीले पुल बगाएपछि नेपाल-चीन नाका ठप्प, भन्सारबाट करोडौँका गाडी बगायो 

अर्थ सरोकार

काठमाडौँ । रसुवामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरीपुल बगाएपछि नाका पूर्ण रुपमा ठप्प भएको छ । गोसाइँकुण्ड गाउँपालिका-२ मा रहेको उक्त पुल बीचबाट भाँचिएर बगेपछि आवतजावत पूर्ण रुपमा रोकिएका छ । 

अर्कोतर्फ बाढीले सिमानाका पुलसँगै भन्सार यार्डमा समेत ठूलो क्षति गरेको छ । 

टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेपछि बाढीले केही कन्टेनर र पार्क गरेर राखिएका आधा दर्जन बढी विद्युतीय गाडीहरु पनि बगाएको छ । भन्सारमा बाढीले भौतिक क्षति समेत गरेको प्रहरीले जनाएको छ । 

बाढीकै कारण रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको छ । बाढीमा परेर हालसम्म कुल १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यता बाढीले विभिन्न आयोजनामा क्षति पुर्याउँदा कुल २०० मेगावाट विद्युत उत्पादनसमेत बन्द भएको छ । बाढीका कारण भएको क्षतिको थप विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK