काठमाडौँ । ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुअल फण्डको संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ । बजारमा सस्तो मूल्यमै राम्रो म्युचुअल फण्ड पाईरहेको अवस्थामा प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले न्यूनतम् १० करोड २० लाख इकाईको लागि सार्वजनिक निष्कासन खुला भएको हो ।
यस योजनामा संघ संस्था तथा सर्वसाधारणहरुले न्यूनतम १०० इकाई र अधिकतम एक करोड बीस लाख इकाईको आवेदन दिन सक्नेछन् । घाटा हुने कन्फर्मजस्तै भएपछि सर्वसाधारणहरुले यो म्युचुअल फण्डमा चासो देखाएका छैनन् । घाटा हुने म्युचुअल फण्ड किन्न धेरैले वास्ता नगरेपछि कतिपय संस्थागत लगानीकर्तालाई ग्लोबल आईएमईको नाममा ‘जबर्जस्ती’ गरेर पनि म्युचुअल फण्ड बिक्री गर्ने काम भइरहेको छ ।
यो योजनाको प्रकार बन्दमुखी योजना हो ।
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । तर अहिलेकै नेतृत्वबाट यो सम्भव नभएको जानकारहरुको दाबी छ । नेपाली सेयर बजारमा विवादित छविका मनदीप लुइटेल यो कम्पनीका सीइओका रुपमा कार्यरत छन् ।
हालको नेतृत्वबाटै राम्रो अपेक्षा गर्न नसकिने हुनाले सेयर बजारका जानकारहरुले अहिले नै यो म्युचुअल फण्डमा लगानी गर्नु घाटाको बिजनेश हुने दाबी गरेका छन् भने यो म्युचुअल फण्ड नभर्दा नै राम्रो हुने दाबी गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्