काठमाडौँ । राष्ट्र बैंकका एक संचालकले नोट अफ डिसेन्ट लेख्छु भनेपछि नयाँ बैंकको लाइसेन्स ल्याउने कुराबाट गभर्नर विश्वनाथ पौडेल पछि हटेको पाइएको छ । अघिल्लो पटक गभर्नरमा सिफारिससमेत भएका संचालक चिन्तामणि शिवाकोटीले आगामी मौद्रिक नीतिमा नयाँ बैंकको लाइसेन्स ल्याउने कुरा लेखिए आफुले नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएपछि गभर्नर सो कुराबाट पछि हटेको पाइएको हो ।
पौडेल आफ्नो पहिलो मौद्रिक नीतिबाट बैंकको लाइसेन्स खुला गर्ने पक्षमा थिए । तर, शिवाकोटीले बैंकको संख्या मर्जरबाट घटाइएको र अझै पनि पर्याप्त रहेकाले लाइसेन्स दिन नमिल्ने भन्दै असहमति राखेपछि प्रक्रिया अगाडि नबढेको बुझिएको छ ।
नयाँ बैंकलाई लाइसेन्स दिने विषय मौद्रिक नीतिको १०० नम्बर बुँदामा मस्यौदा गरिएको थियो । ‘नियो बैंक’सँगै वाणिज्य बैंकहरूको लाइसेन्स दिने कुरा उल्लेख गरिएको थियो । संचालक समितिको बैठकमा उनले असहमति राखेपछि नियो बैंकको कुरा मात्र अगाडि बढेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्