काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका हुन् ।
मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको हो । उनलाई कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका मिश्रमाथि बैंकको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । स्रोतका अनुसार उनी बैंकका अध्यक्ष रहेको अवधि (२०६६ देखि २०७५ सम्म) मा बैंकबाट रकम हिनामिना भएको देखिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीआईबीले यसअघि बैंक घोटाला प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरिसकेको छ । सीआईबीले गरेको प्रारम्भीक अनुसन्धानबाट बैंकबाट झण्डै तीन अर्ब रुपैयाँ हिनामिना भएको देखिएको छ । यो रकम थप बढ्न सक्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्