काठमाडौँ । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका कार्यकर्ताले धमाधम लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयमा तोडफोड गर्न थालेका छन् । पछिल्लो केही दिन यता मात्र ऋणीहरुले दाङ र कपिलवस्तुमा लघुवित्तको शाखा कार्यालयमा तोडफोड गरेका हुन् ।
समितिका संयोजक मनिराम ज्ञवालीका अनुसार दाङमा एनआईसी एशिया लघुवित्त र कपिलवस्तुमा हिमालयन लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरिएको हो ।
आफूहरु निरन्तर संघर्षमा रहँदारहँदै पनि लघुवित्त वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै ऋणीहरुले लघुवित्तको कार्यालयमा तोडफोड गरेको ज्ञवालीको भनाई छ । ‘सरकारसँग भएको सहमति पनि कार्यान्वयन भएन । लघुवित्तको ज्यादती पनि रोकिएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘हदै भयो, अनि ऋणीहरु प्रतिकारमा उत्रिएका हुन् ।’
लघुवित्त वित्तीय संस्थाकै कारण १५ सय जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको परिवारको क्षतिपूर्ति दिनुपर्ने, कालोसूचीमा राखिएका १ लाख बढी ऋणीलाई कालोसूचीबाट हटाउनुपर्ने, प्रतिवेदन कार्यान्वयन तथा सस्तोमा धितो लिलाम गर्ने प्रवृत्ति रोक्नुपर्ने लगायतका मागसहित सर्वोच्चमा रिट हालेको बताउँदै ज्ञवालीले आफूहरुको माग पूरा नभएसम्म संघर्ष नरोकिने बताएका छन् ।
ऋणीहरुले दाङ र कपिलवस्तुमा लघुवित्त वित्तीय संस्थाको बोर्ड च्यात्नुका साथै संस्थाका महत्वपूर्ण फाइल तथा कागजात पनि च्यातेर फालिदिएका छन् । अर्कोतर्फ ऋणीहरुले लगातार लघुवित्तमा आक्रमण गर्न थालेपछी लघुवित्तकर्मीहरु पनि भयवित बनेका छन् । उनीहरुले डरैडरमा काम गर्नुपरेको पनि गुनासो गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्